• TOKHA LIVE

    • २८ मंसिर २०७९, बुधबार ०६:३१

    बढ्दै छ चिसो

    टोखा लाइभ।२८ मंसिर २०७९

    क्रमिक रूपमा बढ्दै छ चिसो
    काठमाडौँ । अहिले देशभर क्रमिक रूपमा तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका केही भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको छ ।

    तापक्रम घट्ने हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने नभएको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै