• TOKHA LIVE

    • २७ मंसिर २०७९, मंगलवार २२:४३

    गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसरमा कार्टुन प्रदर्शनी सम्पन्न

    टाेखालाइभ डट कम/ मंसिर २७,२०७९

    काठमाडौं– स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्र प्रदर्शनी यहि मंसिर २५ गते देखो २७ गते सम्म कमलादीस्थित सभा हलमा सम्पन्न भएको छ। गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो महाधिवेशनको अवसर पारेर ‘रङ्गपालिका’ शीर्षकमा उक्त प्रदर्शनी गरिएको हो ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ । महासंघले कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा गरेको प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएको छ । प्रदर्शनी अवलोकन गर्दै प्रधानमन्त्री देउवाले राम्रो काम गरेको प्रतिक्रिया दिएका थिए ।

    गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले चित्र आफैंमा हजार शब्द भएको बताउदै कार्टुन सन्देशसहितका एउटा स्पष्ट ऐना भएको र जहाँ आफैंलाई हेरेर व्यक्ति वा संस्थाले आफूलाई सच्याउन सक्ने विचार व्यक्त गरे।

    उनी अगाडि भन्छन् ।-” कार्टुन र चित्रमा समावेश भएका चित्र जस्ले स्थानीय सरकारले गरिरहेका कामलाई प्रोत्साहन ,ढिला सुस्ती हुन नदिन खबरदारी र नगरी नहुने कामको जानकारी गराइरहेका छन् भन्ने हाम्रो विश्वास हो। ४६० वटै गाउँपालिकाले गरेका राम्रा काम वा सुधार्नुपर्ने पक्ष मानव जिवनका विविध रङ्ग जस्तै हुन । त्यसैले त कार्टुन तथा चित्र प्रदर्शनीलाई ‘रङ्गपालिका’ दिएको छ।”
    त्यसैले ‘यसमा मूलतः स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटेर कार्टुन तथा चित्रमार्फत सन्देश दिने जमर्को गरिएको छ ।’ अध्यक्ष श्रेष्ठले प्रदर्शनीमा राखिएका चित्र तथा कार्टुनमा शुद्ध सन्देश र जानकारी मात्र नभइ रोचक–घोचक ठट्यौलो अनि रमाइला प्रस्तुति पनि रहेको बताए ।

    कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले सबै आमजनले सहज ढंगले बुझ्न कार्टुन कला प्रभावकारी हुने बताए । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनको अवसर पारेर स्थानीय सरकारका कार्य र उत्तरदायित्व झल्किने कार्टुन तथा चित्रको प्रदर्शनी आयोजना गरिएको बताउदै उनले समाजका बिकृती – विसङतीविरुद्ध
    कार्टुनिस्ट क्लब अफ नेपाल बेलाबखत यसैगरी कोलम बाहिर निस्कने बताए ।यो केवल बिकृती – विसङतीविरुद्धको प्रहार होइन ,समाज र राज्यको कलात्मक रुपान्तरणको अभियान पनि भएको उहाँले बताउनुभयो ।

    रङ्गपालिका कार्टुन तथा चित्रको प्रदर्शनीमा अग्रज कलाकार अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपांगी, आरके थापा, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, सुजिता महर्जन, सानुराज डंगोल, अर्पिता शाक्य, पल्पसा डंगोल, महेश बस्ताकोटी, सुदर्शन सिग्देल, पानसिंह तमोर, रामहरि रिमाल लगायतका चित्र तथा कार्टुन प्रदर्शनी राखिएका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै