टोखा लाइभ।मंसीर २७ , २०७९
जामनः गुभाजु “ का सफल निर्देशक रविको अर्को चलचित्र “ तिब “ बन्ने चर्चित निर्देशक रवि सायमीको “ तिब “ अर्थात “ टेको “ नामक नेपाल भाषामा नयाँ चलचित्र बन्ने भएको छ । सर्जु रंजित तथा समिता रंजित श्रेष्ठको प्रथम निर्माण प्रयास स्वरुप निर्माण हुन लागेको यस चलचित्रलाई वाइल्ड बुल प्रोडक्सनले हालै मात्र काठमाडौंमा एक विशेष समारोहबिच शुभमुहर्त गरेको हो ।
यस अघि पनि नेपाल भाषामै “ जामनः गुभाजु “ नामक ऐतिहासिक चलचित्र निर्माण गरी अमेरिकाको न्युयोर्कमा आयोजित एक प्रतिस्पर्धामा पुरुस्कार जित्न सफल निर्देशक रवि सायमीले यस चलचित्रको सुटिंग अमेरिकाको मेरिल्यान्डमा पनि गरिने जनकारी दिनु भएको छ ।
यस “ टिब “ चलचित्रका कथाकारमा स्थापित गीतकार, कथाकार, पत्रकार, शिक्षक एवं उपन्यासकार ओमशंकर श्रेष्ठ रहनु भएको छ । यसको पटकथा सुशिल राजोपाध्याय, ओमशंकर श्रेष्ठ एवं रवि सायमीले संयुक्त रुपमा लेख्नु भएको छ । यसका गीतकारमा ओमशंकर श्रेष्ठ, राजेन्द्र महर्जन र सुशिल राजोपाध्याय रहनु भएको छ ।
यसमा यसअघि नै जामनः गुभाजुको जिवन्त अभिनय गरेर लोकप्रियता बटुल्नु भइसकेका वरिष्ठा कलाकार सुशिल राजोपाध्याय लगायत आशाकाजी थकु, संघरत्न शाक्य, पुश्करभक्त माथेमा, कृष्णभक्त महर्जन, सरस्वती मानन्धर, मैंया मुनिकार, सुनिता ठाकुर र कन्चन तुलाधार साथै अन्य थुप्रै कलाकारको अभिनय हेर्न पाइने छ ।
यसका गीतहरुमा संगीतकार शिव साही र भुपेन्द्र बज्राचार्य संगीत तथा सर्जु रंजित र सतिश महर्जनको श्वर रहेका छन् ।
यस चलचित्रको सम्पादनको जिम्मा वाइल्ड बुल्स प्रोडक्सन तथा अमर चित्रकार र सुब्रिना चित्रकारले गर्न लाग्नु भएको छ ।
कथाकार ओमशंकर श्रेष्ठले समाजमा व्याप्त घटनालाई यर्थाथ रुपमा प्रतिविम्वत गरिएको कथा चलचित्र बन्नु अघि नै हिट भइसकेको र अत्यन्तै मार्मिक सामाजिक सन्देशमूलक कथा बोकेको यस चलचित्रमा दर्शकले रोमान्स र हास्य मनोरन्जन पनि भरपूर मात्रामा प्राप्त गर्ने बताउनु भएको छ ।

