• TOKHA LIVE

    • २४ मंसिर २०७९, शनिबार ०५:४७

    पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

    टोखा लाइभ।२४ मंसीर २०७९

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनल अन्तर्गतको पहिलो खेलमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै विश्वकप २०१८ को उपविजेता क्रोएसिया सेमिफाइनलमा गएको हो । अतिरिक्त समयमा दुवै टोलीले एक/एक गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा ४–२ को जित निकाल्दै क्रोएसिया सेमिफाइनलमा गएको हो ।

    निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि अतिरिक्त समय थपिएको थियो । अतिरक्त समयको १६ औँ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर २६ औँ मिनेटमा क्रोएसियाका ब्रुनोले गोल गर्दै बराबरीमा ल्याए

    क्रोएसियाले सेमिफाइनलमा अर्जन्टिना र नेदरल्याण्डस्बीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै