टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर २३,२०७९
नेपालको आफ्नै मौलिक मतिना पारु अर्थात् प्रेमदिवस रहेको छ। नेवारहरूको पनि आफ्नो मौलिक प्रेमदिवस छ।भने कतिलाई थाहा छ, त कतिलाई थाहा छैन?
नेवारहरु सदियौं देखि य:मरी पूर्णिमा धान्य पूर्णिमाको भोलिपल्ट थिल्ला गा: पारु प्रतिपदा आजको दिन जसलाई नेपालभाषामा मतिना पारु भनिने दिनलाई प्रेमदिवस (Love Day)का रूपमा मानिने गरिन्छ।
नेपाल भाषामा मतीना को अर्थ प्रेम हो। सो यो दिन लगाएको माया प्रेम प्रस्ताव दिगो स्थान र प्रेममय हुने विश्वास रहेको छ। तर विडम्बना हाल यो सांस्कृतिक करिव विलुप्त भइसकेको अवस्था छ। यस अनुसार यो वर्ष नेपाल सम्बत ११४३ थिंलागा पारु २३ मंसिर शुक्रबारका दिन मोतीना पारु रहेको छ। विशेष य:मरी पुन्ही पर्व वातावरण मौसम र स्वास्थ्य सँग गाँसिएका पनि यसको अर्को पाटो माया पनि हो।
उहिलेको परम्परागत समाजमा माया प्रेमको विषयमा अहिले जस्तो खुल्ला थिएन ।त्यस्तो समाजमा योमरी पुर्णिमाका दिन साँझ केटाकेटी जवानहरुको सहित टोलटोलमा य:मरी फ्वोंवनेगु य:मरी माग्न जाने अर्थात् देउसिभैलो गएको जस्तो बहनामा प्रेमी खोज्ने गरिन्थ्यो। भने पहिला नै मायाप्रेम लगाइसकेकाहरु पनि प्रेमीसँग सुटुक्क भेटि कुराकानी गर्ने चलन थियो।
यो दिनमा मैले तिमीलाई प्रेम गरे यदि तिमी पनि मलाई प्रेम गछौं ,भने भोलि पारु प्रतिपदाको दिन यतिबेला यो ठाउँमा भेटौं भने सन्देश मौलिक वा लिखित दिएर फर्कन्छन्। र भोलि पल्ट हरसम्भव भेट्ने प्रयास गर्छन त कतिले केटि भगाउन्छन।य:मरी माग्न जाँदा एउटा भाका हालिन्छ ।य:मरी च्वामू उनके धुने हामो ब्याम्ह व्यासे मब्यूम्ह बुढिकुटी अर्थात् य: मरी चुच्चो त्यसको भित्र तील दिने तरुनी नदिने काटी बुढी यस्तो भाका लाउनु हुन्थ्यो।
जे होस् यस्ता पर्वलाई जोगाई राख्नुपर्छ र आजको दिन रोपिएको मायाप्रेम बोली फुलोस फलोस गरियोस भन्दै सबैलाई मतिना पारुको सम्झना।

