• TOKHA LIVE

    • २३ मंसिर २०७९, शुक्रबार ०९:०९

    मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु

    टोखा लाइभ।२३ मंसीर २०७९

    चितवन । इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा पिकअप गाडी र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ।
    अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन्। ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन्।

    बिहीबार बिहान करिब १० बजे ना ४१ प ५४८ नम्बरको बुलेट बाइक र बागमती प्रदेश ०३-००१ च १६८२ नम्बरको गाडी ठोक्किएका हुन्।
    दुर्घटनामा घाइते भएका जर्मन नागरिक माइकल मेएर ओल्बरस्लेबेनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

    गाडीका चालक २१ वर्षीय साजन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक जना घाइतेको उपचार भइरहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै