टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर २२,२०७९
माननीय प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा व्याप्त रहेको नाङ्गो तारको समस्यालाई व्यवस्थापन गर्न पहल सुरु गर्नु भएको छ। बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग बसेको बैठकमा छलफल गरेको थियो। काठमाडौं क्षेत्र नं ५ सहित उपत्यकामा विधुतीय तारको समस्या हल गर्न पौडेलले आग्रह गरेका छन्।
सबै सडकको पोललाई यथाशक्य चाँडो प्रतिस्थापन गरी भुमिगत गर्न प्रतिस्थापन भएका ठाउँमा सडकमा पारिएका खाल्डा पुर्न र सम्पूर्ण नाङ्गो तारलाई कालो तारले प्रतिस्थापन गर्न आग्रह समेत गरेको छ।निर्देशक कुलमान घिसिङले कतिपय स्थानमा काम भइरहेको र कतिपय स्थानमा काम गर्न अवरोध सिर्जना भएको भित्री सडकहरुमा साधुको बाटो र ढल एकै ठाउँमा भएका कारण काम गर्न अप्ठ्यारो रहेको बताए।
त्यस्तै नाङ्गो तारको समस्यालाई अब यो ३ बर्ष भित्रमा यी समस्याहरुलाई सम्पन्न हुने बताएका छन्। निर्देशक घिसिङले समस्या हल गर्न काठमाडौंमा २० ओटा शव- स्टेसन निर्माण गर्ने जस अन्तर्गत टोखा नगरपालिकामा पनि एक स्टेसन निर्माण हुने जानकारी गराउनु भएको छ।

