• TOKHA LIVE

      TOKHA LIVE

    • २२ मंसिर २०७९, बिहीबार ०६:५०

    दाइजोको नाममा महिला हिंसा गरेको आरोपमा ग्रान्डी अस्पतालका डा.चौधरी बर्खास्त

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    मंसिर २२,२०७९

     

    काठमाडौं /दाइजोको निहुँमा श्रीमतीलाई घरेलु हिंसा गरेको आरोप डा. पंकज चौधरीलाई ग्रान्डी अस्पतालले बर्खास्त गरेको छ। उनलाई टोखास्थित ग्राण्डी अस्पतालले घरेलु हिंसा गरेको खबरसँगै सेवाबाट बर्खास्त गरेको हो । डा.चौधरीले नर्भिक अस्पतालमा नयाँ नियुक्ति लिने तयारी गरेका थिए। तर उनको विरुद्ध समाचारआएसँगै नियुक्ति रोकिएको हो ।

    श्रीमती नेहाले पंकजले आफुलाई घरेलु हिंसा गरेको दाइजो नदिएको निहुमा कटुपिट गरेको आरोप लगाउदै मिडियामा आएको थियो। त्यसपछि यो विषयले चर्चा पाएको थियो। उनीहरुको लामो प्रेम सम्बन्धपछि गत फागुनमा विवाह भएको हो।

    विवाह भएदेखि नै काठमाडौंमा घर दाइजो दिनुपर्ने भन्दै उनका श्रीमान र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले बताएकी छिन्। नेहाले जिल्ला अदालत महोत्तरीमा दुई मुद्दा दायर गरेकी छिन । घरेलु हिंसा र दाइजोविरुद्ध गरी दुई मुद्दा उनीविरुद्ध दर्ता भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै