• TOKHA LIVE

    • १४ मंसिर २०७९, बुधबार २१:४७

    मेयर बालेन्द्र साहले एमाले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरे

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ

    मंसिर १४,२०७९

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरेको छ। ओलीले एक कार्यक्रममा सुकुम्वासी वस्तिमा डोजर चलाउने महानगरपालिकाको आलोचना गरेका छन्।

    सामाजिक सञ्जालमार्फत बालेनले ओलीलाई आक्रोशित जवाफ दिए । अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको बताएका थिए। भने ओलीबाट आएको धारणा सामान्य विषय भएको उनको भनाइ छ । ओलीले मन्त्री र प्रधानमन्त्री हुँदा सुकुम्वासी समस्यालाई सम्बोधन गर्न नसकेको आरोप साहले लगाए।

    ‘२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन किन? मन्त्री र पटक–पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो, तर पनि सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ? र सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे,’ बालेनले भने

    सुकुम्वासीलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गरेको पनि उनको आरोप छ । ‘तपाईँलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईँको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन र, ‘अब परिस्थिति फेरिए । यसैले सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै