• TOKHA LIVE

    • १३ मंसिर २०७९, मंगलवार ०९:४०

    विश्वकप फुटबल: घानासँग दक्षिण कोरिया ३-२ गोल अन्तरले पराजित

    टोखा लाइभ। १३ मंसिर २०७९

    काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ। कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घाना दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

    खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए। त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।

    कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे। उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे। त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे।

    यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ । यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ। घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो। दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै