• TOKHA LIVE

    • ११ मंसिर २०७९, आईतवार १९:१२

    स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिक पक्राउ

    टाेखालाइभ डट कम/मंसिर ११,२०७९

    काठमाडौं / स्रोत नखुलेको रु १३ लाख ८९ हजार नगदसहित भारतीय नागरिकलाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

    ऊनीहरु आज बुध्द एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका थिए । पक्राउ परेका अलीसँग रु एक हजार दरका चार सय ८४ थान र रु पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ । अलीसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै