• TOKHA LIVE

    • ११ मंसिर २०७९, आईतवार १८:४०

    एमसीसी परियोजनाले प्रसारण लाइनको ठेक्का गर्ने

    टोखा लाइभ। ११ मंसिर २०७९

    काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले प्रसारणलाइन निर्माणका लागि बोलपत्र आह्वान गर्ने भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले एक साताभित्रै टेन्डरहरु गर्न लागेको हो ।

    नेपाल सरकार र अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०२३ को अगस्ट २०८०को साउन–भदौ–देखि आयोजना कार्यान्वयन गर्ने सहमति भएअनसार टेन्डर हुन लागेको हो ।

    मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अहिले आयोजनाको पूर्वतयारीको काम गरिरहेको छ । एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टका अनुसार अहिले टेन्डरका लागि अन्तिम तयारी चलिरहेको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै