• TOKHA LIVE

    • ११ मंसिर २०७९, आईतवार १७:३५

    समानुतिकतर्फ ८० प्रतिशत मतगणना

    टाेखालाइभ डट कम/ मंसिर ११,२०७९

    काठमाडौं /यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ।

    निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी छ ।

    हाल गणना भइरहेका छ निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आकलन गरिएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा यही मङ्सिर १० गते पुनः मतदान सम्पन्न भएकाले गणना हुन बाँकी छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ स्थानमध्ये हालसम्म एक सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ ।

    दोलखा र स्याङ्जा सत्तापक्ष तथा प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा निर्णय हुन बाकी रहेको निर्वाचन आयोगले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै