टोखा लाइभ।२०७९ मंसिर ११ गते
काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० गोलको नतिजमा पराजित गर्दै अर्जेज्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
लुसेल रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनाले सोचेजस्तो प्रदर्शन गर्न सकेन । मेक्सिकोविरुद्ध काउन्टर अट्याककै भरमा रहेको अर्जेन्टिनाले डिफेन्समा पनि दबाब खेप्नुपरेको थियो । दोस्रो हाफमा भने मिडफिल्ड र विंगब्याकमा परिवर्तनपछि अर्जेन्टिना खेलमा फर्कियो । कप्तान मेस्सीले गोल गरेपछि संयमित प्रदर्शन गर्दै अघि बढेको अर्जेन्टिनाले अन्त्यतिर दोस्रो गोल थप्दै नकआउट चरण पुग्ने समीकरण आफ्नै पकडमा राखेको हो ।

खेलको ६४औं मिनेटमा कप्तान लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
एन्जो फर्नान्डेजले ८७औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले २–० को नतिजामा जित सुनिश्चित गरेको थियो ।

पहिलो खेलमा साउदीअरबसँग २–१ गोलको नतिजामा पराजय बेहोरेको अर्जेन्टिनलाई अन्तिम १६ यात्रा जिवितै राख्न यो खेल जित्नै पर्ने दवाव रहेको थियो । अब समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई हराए अर्जेन्टिना अन्तिम १६ प्रवेश गर्नेछ ।
पहिलो खेलमा पोल्यान्डसँग गोल बराबरी खेलको मेक्सिकोले अन्तिम खेलमा साउदी अरबको समाना गर्नेछ ।

