टाेखालाइभ डट कम/नविना श्रेष्ठ
मंसिर ७,२०७९
नेपालको एक नयाँ किर्तिमान सहित नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित भएको हो। भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गरेको छ।
उनीसंग प्रतिस्पर्धा गरेका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाएको छ । ओलीले पाएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी छ।
ओलीले प्राप्त गरेको मत यो निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी रहेको छ २०४८ सालदेखि सोही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संबिधानसभा निर्वाचनबाहेक सवै निर्वाचनमा बिजयी बन्दै आएको छ।

