• TOKHA LIVE

    • ७ मंसिर २०७९, बुधबार ०५:४८

    काठमाडौं क्षेत्र नं ५ मा प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलको विजयी

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    मंसिर ६,२०७९

    काठमाडौं /काठमाडौं क्षेत्र नं . ५ वाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी हुनुभएको छ।
    निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलले – १५२३७ मत ल्याई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का उम्मेदवार इश्वर पोखरेलले- १०१७५ मत ल्याएका छन्। भने ५०६२ मतान्तरले ईश्वर पोखरेल पराजित भएका थिए ।

    प्रदीप पौडेलको विजयीसंगै सर्मथकहरुले खुसियाली मनाएका छन । मतगणना भइरहेको वसुन्धरा श्री समाज भवन अगाडी नेपाली कांग्रेसका कार्यकर्ता, मतदाता समर्थकहरुले खुसि साटासाट गरेको थियो। कार्यकर्ता सर्मथकसँगै पौडेलले समेत खुसि बाढेका छन । अहिले नै विजयी र्याली नगर्ने बागमती प्रदेशको मत गणना सकिएपछि प्रत्येक जनताको घर,टोल ठाउँ-ठाउँमा पुगी धन्यवाद प्रकट गर्न संगै हिड्ने विजयी उम्मेदवार पौडेलले बताए। युवा नेता ,अनुभवी नेता प्रदीप पौडेल देश र जनताको भावनाअनुसार कार्यकालहरु अगाडि बढाउनेमा सर्मथनहरुले बिश्वास गरेका छन्।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै