• TOKHA LIVE

    • ६ मंसिर २०७९, मंगलवार १७:१८

    काठमाडौँ क्षेत्र नं.९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

    टाेखालाइभ डट कम/ मंसिर ६,२०७९

    नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले ११९५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पारेका थिए ।

    मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिनुभएको थियो । उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गर्नुभयो ।

    उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला छन् । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ रहेका छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै