• TOKHA LIVE

    • ५ मंसिर २०७९, सोमबार १५:३७

    काठमाडौँ क्षेत्र नंं १ मा प्रकाशमान सिंहको प्रारम्भिक अग्रता रविन्द्र मिश्र पछ्याउदै

    टाेखालाइभ डट कम/मंसिर ५,२०७९

    काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै रहेको छ ।
    क्षेत्र नंं १ का छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ७३७ मत प्राप्त गर्नुभएको छ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ५२८, नेकपा (एमाले) का किरण पौडेलले ४९६ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ ।
    जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार हुनुहुन्छ । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्र रहेकामा अब ४६ केन्द्रको मतगणना बाँकी छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै