• TOKHA LIVE

    • ५ मंसिर २०७९, सोमबार १३:२०

    काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं.१ देखि १० सम्म मतगणना कुन , कहाँ ?

    टाेखालाइभ डट कम/ मंसिर ५,२०७९

    काठमाडौं /निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रहरूमा ५५ प्रतिशत मत खसेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् ।

    मंसिर ४ मा निर्वाचन सम्पन्न मतपेटिका संकलनपछि आइतबार रातिदेखि नै मतगणना प्रारम्भ गर्ने तयारी रहे संगै सोमबार बिहान देखि काठमाडौं मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले बताएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा अहिले भैरहेको छ। जस अनुसार काठमाडौं क्षेत्र नं.१ देखि १० सम्म मतगणना
    तोकिएका स्थानहरु निम्नानुसार रहेका छन् ।

    १) काठमाडौं क्षेत्र नं –१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।

    २) काठमाडौं क्षेत्र नं – २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा हुनेछ ।

    ३)काठमाडौं क्षेत्र नं- ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा हुनेछ ।

    ४) काठमाडौं क्षेत्र नं – ४ को बूढानीलकण्ठ नगरपालिकाको
    चपलीस्थित ज्येष्ठ नागरिक भवन

    ५) काठमाडौं क्षेत्र नं –५ को टोखा नगरपालिकाको श्री समाज भवन

    ६) काठमाडौं क्षेत्र नं- ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली

    ७) काठमाडौं क्षेत्र नं- ७ को बालाजुस्थित जुडो हल

    ८) काठमाडौं क्षेत्र नं- ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय

    ९) काठमाडौं क्षेत्र नं- ९ को रविभवनस्थित न्याथम कलेज

    १०) काठमाडौं क्षेत्र नं- १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवन

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम निर्वाच आयोगको वेबसाइट https://election.gov.np/ मा गइ ‘निर्वाचन मतपरिणाम’ लिंकमा क्लिक गरेर हेर्न सकिन्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै