• TOKHA LIVE

    • ३ मंसिर २०७९, शनिबार ०८:४१

    आरोप पुष्टि गर्नुस् बरामद केही छ भने स–प्रमाण आउनुस्: दिपक  निरौला

    टाेखालाइभ डट कम/ मंसिर ३,२०७९

    काठमाडौं,। काठमाडौं निर्वाचन क्षेत्र नं. ५ (२) का उम्मेदवार दीपक निरौलाले मतदातालाई पैसा बाँडेको वा प्रभावित पारेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

    लामो समय देखि क्यान्सर रोगसंग संघर्श गर्दै आइरहनु भएका क्यान्सर पीडित तोक्मन लामालाई निरौलाले आफू भेट्न गएको अवस्थामा केही व्यक्तिले अनावश्यक हल्ला फिजाएको दाबी गरेका छन् । ‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानि गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनैतिक प्राणी हुँ, गैरराजनैतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ मित्रहरु आरोप पुष्टि गर्नुस् बरामद केही छ भने स–प्रमाण आउनुस्,’ निरौलाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    निरौलाले प्रहरी प्रशासनको दुरुपयोग गरी आफ्ना साथीहरूलाई पक्राउन लगाइएको उनको भनाइ छ ।उनले गलत आरोप लगाउँदै आफ्ना केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति भर्त्सना पनि गरेका छन् ।

    यसैबीच नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ५ ले विज्ञप्ति जारी गर्दै उम्मेदवार निरौलाले भेट गरेको व्यक्ति पार्टीको सुभेच्छुक र छिमेकी रहेको स्पष्ट पारेको छ । क्यान्सर रोगबाट पीडित तोक्मान लामालाई भेट्न गएको विषयलाई अनावश्यक तवरबाट प्रचार गरिएको घटनाप्रति एमालेले भर्त्सना समेत गरेको छ ।

    ‘नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बुढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्मान लामाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्वाचन परिचालन कमिटी संयोजक शान्ति अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भर्त्सना गर्न चाहन्छौं ।’

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै