टाेखालाइभ डट कम / मंसिर १,२०७९
काठमाडौं /नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि एक भिडियो सन्देश जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा मतदाता माझ भोट भाग्नुभएको छ ।
सन्देशमा भनिएको छ, “जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहे मुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गर्दै भन्नुभयो।-
” त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।”तर मैले मागेको भोट एमालेको जितको लागि होइन म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु । यो त्यतीखेर मात्र सम्भव हुनेछ जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले सूर्य चिन्हमा मतदान गरौं ।
अध्यक्ष ओलीको सन्देशमा भनिएको छ,“प्रिय मतदाता ! अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस”,
अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भन्नुभएको छ । “प्रिय मतदाता ! म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ”, सन्देशमा भनिएको छ।

