टाेखालाइभ डट कम/कार्तिक २८,२०७९
काठमाडौं : एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल (ASSN)को अध्यक्षमा डा. विनोद बिजुक्छे निर्वाचित भएका छन् ।
संघको आठौं महाधिवेशनले डा. बिजुक्छेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि उनी संघको उपाध्यक्ष थिए । संघको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा डा. विश्वर पौडेल, महासचिवमा डा. सुरज बज्राचार्य, उपमहासचिवमा डा.ज्ञानेन्द्र शाह र कोषाध्यक्षमा डा. राजेशकुमार चौधरी रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा डा. दीपक कौछा, डा. सुशील श्रेष्ठ, डा. अनुप पोखरेल र डा. सुवासन्द्र झा निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष डा. बिजुक्छे ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।
नेपालमा मेरुदण्डको शल्यक्रियाको विकास गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना भएको स्पाइन सर्जन संघमा हाल देशभरबाट ८१ स्पाइन सर्जन सदस्य छन् ।
एसोसिएसनले मेरुदण्डको शल्यक्रियाका स्नातकहरूलाई तालिम प्रदान गर्न विश्वका अन्य देशका स्पाइन सर्जरी संस्थाहरूसँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा मेरुदण्डको शल्यक्रियासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

