• TOKHA LIVE

    • २७ कार्तिक २०७९, आईतवार ०७:०५

    किरण पौडेलको दृढ संकल्प:एक थोपा रगत शरीरमा रहुन्जेल व्यथितिका विरुद्ध लडिरहन्छु

    टाेखालाइभ डट कम/ कार्तिक २७,२०७९

    काठमाडौ/नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण पौडेलले देशमा विकृति र विसंगति मौलाउँदै गएको भन्दै यसका विरुद्ध लड्ने दृढ सँकल्पका साथ आफू उम्मेदवार बनेको बताउनु भएको छ ।
    प्रेस चौतारी नेपाल काठमाडौंले बुधबार काठमाडौंमा आयोजना गरेको “उम्मेदवारसँग साक्षातकार” कार्यक्रममा पौडेलले आफ्नो शरिरमा एक थोपा रगत भएसम्म विकृति विसंगति र अन्यायकाविरुद्ध लडिरहने बताउनु भयो। प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा चुनावी प्रचार प्रसार अभियान तिव्र पार्नु भएका पौडेलले निर्वाचनका बेला गरिने घरदैलो केवल कर्मकाण्डी मात्रै रहेको बताउनु भयो। वास्तविक घरदैलो अधियान निर्वाचित भएको भोलिपल्टदेखि शुरु हुने भन्दै पौडेलले निर्वाचित भएपश्चात हरेक दिन दुइ घण्टा नागरिकको घरदैलोमा जाने र समस्याको पहिचान गर्न र समाधानको उपाय खोज्न जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउने आफ्नो योजना रहेको स्पष्ट पार्नु भयो ।
    कार्यक्रममा युवा संघका अध्यक्ष समेत रहनुभएका नेकपा एमालेका केन्द्रिय सदस्य पौडेलले राजनीतिप्रति नागरिकको वितृष्ण जाग्नुमा अग्रज नेताहरु बढी जिम्मेवार रहेको धारणा समेत प्रस्तुत गर्नु भएको थियो ।
    काठमाडौं क्षेत्र नम्बर १ बाट लगातार तीन पटक निर्वाचित हुनुभएका कांग्रेस नेता प्रकासमान सिंह सत्ता गठबन्धनबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि पूनः उम्मेदवार बन्नु भएको छ ,पटक पटक मन्त्री समेत बन्नु भएका सिंहसँगको प्रतिपर्धालाई यहाँले कसरी लिनु भएको छ ? भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता पौडेलले पटक पटक मन्त्री बनेर पनि नेता प्रकाशमानले क्षेत्र नं १ का बासिन्दाको जनचाहना र जनसरोकारका विषयमा काम गर्न नसकेको दावी गर्नु भयो। क्षेत्र नम्बर १मा कांग्रेस नेता प्रकाशमानले जनमतलाई लत्यायर भ्रममा राखी स्वार्थको राजनीति गरेको तथा यसबाट आफ्नो मतको दुरुपयोग भएको अनूभूति गरेका कारण यसको विकल्पका खातिर आफूँ उम्मेद्धवार बनेको बताउनु भयो । १५ वर्ष सम्म नेता प्रकाशमानले देश विकासमा केही योगदान पुर्याउन नसकेको भन्दै नेता पौडेलले त्यस क्षेत्रको विकास सँगै जननेता मदनभण्डारीको सपना साकार गर्ने र कृष्ण प्रसाद भट्टराईले गर्न बाँकी काम पुरा गर्ने अठोटका साथ आफू अगाडी बढेको बताउनु जिकिर गर्नु भयो।
    एमाले नेता पौडेलले राप्रपाबाट उम्मेदवारी दिनुभएका अर्का प्रतिष्पर्धी रविन्द्र मिश्रले क्षेत्र नं १ मा राप्रपासँग पार्टीको चुनावी तालमेल नभएकाले मिश्रलाई एमालेले सहयोग गर्छ भन्दै भ्रम फिँजाउनु भनेको अहिले विकेकशिल साझापार्टीलाई भताभुंग पारेर सत्ताको दाउपेचमा लागेका मिश्रको राजनीति कतै युवापुस्तालाई दबाएर वैयत्तिक हितका लागि त हैन भन्ने प्रश्न खडा भएको दाबी गर्नु भयो।
    विगत दुई दशकदेखि क्षेत्र नं १ का विभिन्न सामाजिक संघसंगठनमा रहेर विद्यार्थी राजनीतिको लामो संघर्षको श्रृनखला पार गदै जनसरोकार , जनजिविका र राष्ट्यिताका मुद्धाहरुमा काम गर्ने एक असल, विकासप्रेमी , इमान्दारसँगै राष्ट्प्रेमी युवा पुस्तको आधिकारिक प्रतिनिधिका रुपमा यस क्षेत्रमा परिचित रहेको दावी गदै नेता पौडेलले आफ्नो उम्मेदवारीबाट नेकपा एमालेले सम्पुर्ण युवावर्गको अवसरको कदर गरेको बताउनु भयो। निर्वाचित भएर आग्रह पूर्वाग्रहबिना सबै पुस्ताको समान हक अधिकार स्थापित गदै देश उहाँले देश विकासका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै