• TOKHA LIVE

    • २७ कार्तिक २०७९, आईतवार ०६:५४

    नेपाली कांग्रेस पार्टी परित्याग गरी तीन जना युवा नेकपा एमाले प्रवेश

    टाेखालाइभ डट कम/कार्तिक २७,२०७९

    अर्घाखाँची। नेपाली कांग्रेस पार्टी परित्याग गरी तीन जना युवा नेकपा एमाले प्रवेश गरेका छन ।

    नेपाली कांग्रेस पार्टी  परित्याग गरि सन्धिखर्क नगरपालिका ५ वाङ्गलाका युवा पुष्कर भुसाल ,सन्जय भुसाल , राजु भुसाल नेकपा एमाले प्रवेश गरेकाे नवप्रवेशी युवालाई नेकपा एमाले का केन्द्रीय सदस्य तथा अर्घाखाँची प्रदेश सभा (क) का उम्मेदवार चेतनारायण आर्चायले खादा र अबिर लगाइ नेकपा एमालेमा स्वागत गरेको नेकपा एमाले वाङ्ग्लाले जनाएको छ |

    नेकपा नवप्रवेशी नेताहरुले अब देशमा सम्पूर्ण उत्पीड़ित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न सबै एमाले शक्तिहरु गोलबंद हुनुपर्ने ठहर गरेका छन् ।

    जिल्लाभर मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुले भोट माग्न घरदैलो तथा भेटघाट अभियान संचालन गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै