• TOKHA LIVE

    • २५ कार्तिक २०७९, शुक्रबार १९:११

    साफ १५ महिला च्याम्पियनसिपको उपाधी नेपाललाई

    टोखा लाइभ।२५ कार्तिक २०७९

    काठमाडौं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

    गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँ गरेपछि नेपालले यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।

    डवल राउण्ड रोविन प्रणालीमा सन्चालन भएको प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

    नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । आजको फाइनल खेलमा नेपाललाई उपाधिका लागि बराबरी मात्र चाहिएको थियो।भने बंगलादेशका लागि जित आवश्यक थियो । खेल १–१ को बराबरीमा रहेका बेला बंगलादेशले अन्तिम समयमा पेनाल्टी पाएको थियो । तर, नेपाली गोलकिपर सुजाता बचाउँ गर्दा नेपालले राेमान्चक जित निकालेको हो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै