• TOKHA LIVE

    • १९ कार्तिक २०७९, शनिबार १७:२३

    काठमाडौंमा इजरायलले खुल्ला व्यायामशाला बनाउन गर्यो लगानीको प्रस्ताव

    टोखा लाइभ ।२०७९ कार्तिक १९ गते

    काठमाडौं । काठमाडौं महानगरसँग इजरायलले खुल्ला व्यायामशाला बनाउन स्थान माग गरेको छ । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन महानगरसँग अनुरोध गरेका हुन् । महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा भेट्दै राजदूत गोडेरले यस्तो प्रस्ताव गरेका हुन् । उपप्रमुख डंगोलले गोडेरलाई स्थानको विषयमा प्रश्न गरेपछि उनले वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताएका थिए।

    भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको गुनासो गरेका थिए । यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल बनाउनुपर्ने बताए ।

    इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै