• TOKHA LIVE

    • ३ कार्तिक २०७९, बिहीबार १२:०२

    काठमाडौ क्षेत्र नं ५’ख’ को प्रदेशसभा सदस्यको आधिकारिक उमेदवारको सम्बन्धमा बिशेष छलफल

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    कार्तिक ३,२०७९

    काठमाडौ क्षेत्र नं ५ ‘ख’ को प्रदेशसभा सदस्यको आधिकारिक उम्मेदवारको सम्बन्धमा गठबंधन दलभित्र असन्तुष्टि पैदा भएको विषयमा विशेष छलफल भएको छ।

    गठबन्धन दलले काठमाडौ क्षेत्र नं ५’ख’ प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीको बालकृष्ण श्रेष्ठलाई नै उमेद्वारको रुपमा निर्णय गरिएको भएपनि नेपाली कांग्रेसले श्याम खड्कालाई उम्मेदवारको रुपमा उठाएकोमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ।

    बुधबार टोखामा रहेका गठबन्धन दलको असन्तुष्टि भएका प्रतिनिधिहरूको बसेको बैठकले गठबंधनको आधिकारिक उम्मेदवार बालकृष्ण श्रेष्ठलाई कायम गराउन यही कार्तिक ४ गतेसम्म नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्तरुपमा दबाबमूलक कार्यक्रम गर्ने तयारी अवस्थामा रहेको छ।र माथिल्लो तहसम्मका निर्णयलाई स्विकारी गठबन्धनको निर्वाचन परिचालनमा लाग्ने निर्णय गरेको छ।

    हिजो बसेको बैठकले गठबन्धन दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको तर्फबाट छुट्टा छुट्टै उम्मेदवारी दर्ता गरेको अवस्थामा दबाबमूलक कार्यक्रम गरी नेपाली काँग्रेसका उम्मेदवार फिर्ता गराउन माथिल्लो तहसम्म अनुरोध गरी गठबन्धनको सरकार सहकार्यमा निर्वाचनमा सक्रियता देखाउने समेत निर्णय गरियो।

    काठमाडौ क्षेत्र नं ५’ ख’ का प्रदेशसभाका सदस्य बालकृष्ण श्रेष्ठले गठबन्धनको भावना र मर्मलाई बुझेर लाग्नु पर्ने समयमा राजनीतिक गुटबन्दी समूह सक्रिय भूमिका खेल खेलिरहेको आरोप समेत लगाइएको छ ।पार्टीको नेतृत्व गर्ने शीर्ष नेताहरुले नै सही निर्णय गर्न नसक्दा गठबन्धन सरकार लथालिंग अवस्थामा पुगेको श्रेष्ठले बताए। नेकपा माओवादी र नेकपा एकीकृत समाजवादका क्षेत्र नं ५’ख’ का सक्रिय गठबन्धनका राजनीतिक दलका व्यक्तित्वहरूको उपस्थितिमा भोलिको दिनमा कसरी अगाडि जाने र शीर्ष नेताहरुसमक्ष कस्तो आवाज बुलन्द गर्ने भन्ने विषयमा विशेष छलफल गरेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै