टाेखालाइभ डट कम/नविना श्रेष्ठ
कार्तिक २,२०७९
जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजना र सुरक्षा फौज एवं सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा गरिएको विपद् व्यवस्थापन सम्बन्धी आगलागी नियन्त्रण प्रतिकार्य अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा आयोजित आगलागी नियन्त्रण प्रतिकार्य अभ्यासको समापन कार्यक्रमलाई इन्द्रबक्स गणमा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले सम्भावित विपतको बेला हुने अलमललाई अन्त्य गर्दै प्रभावकारी उद्धारका लागि अभ्यासको आवश्यकता र महत्व माथि प्रकाश पारेका थिए। यस्ता खाले अभ्यासले उद्धार टोलिका सदस्यबीच समन्वय हुने र एकआपसका अनुभव बाट उद्धार कार्य सरल र सहज बन्ने बताउनुभयो।सिडिओ शर्माले उद्धारका लागि आवश्यक साधन श्रोतको उपलब्धता र उद्धारकर्ताको योग्यता, दक्षता र क्षमता विकासका लागि तीनै तहका सरकारले सहयोग गर्ने विश्वास ब्यक्त गरे। जिल्लामा सक्षम उद्धार टोलि हुँदा अन्य जिल्लामा समेत उद्धारमा पठाउन सकिने भएको भन्दै सक्षम उद्धारकर्ता उत्पादनको आवश्यकता रहेको बताए।

त्यसै अवसरमा सम्भावित आगलागी नियन्त्रणका लागि तयार पारिएको उद्धार टोलीले अभ्यास प्रदर्शन समेत गरेका थिए। ३ दिनसम्मको तालिमबाट प्राप्त ज्ञान उनीहरुले अभ्यासका क्रममा प्रदर्शन गरेका हुन्।भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्धार गर्नेलाई नै उद्धार गर्नुपर्ने अवस्था आउनु नहुने बताए। विपतको बेला उद्धारका लागि परिचालित हुने जनशक्तिको दक्षता र योग्यतामा जोड दिदै उनले सो कुरा बताएकी हुन्।

अभ्यासको अवलोकन र हौसलाका लागि नेपाली सेनाका सहायक रथी बिष्णुबहादुर खड्का र इन्द्रबक्स गणका गणपति श्यामराजा बिक्रम थापा, सशस्त्र प्रहरी बल २२ नम्बर गणका गणपति नरबहादुर रावत, जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, भक्तपुर अस्पतालकी निमित्त मेसु डा. सुमित्रा गौतम, जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख बिजय धौभडेल लगायतको उपस्थिति रहेको थियो । अभ्यासमा सेना,प्रहरी, रेड्क्रस, अस्पताल, दमकल र आरएनए १६ का सदस्यहरुले आफ्नो कौसल प्रदर्शन गरेका प्रशिक्षक अरुण सैजुले बताउनुभयो।
सो कार्यक्रममा आगलागी नियन्त्रण प्रतिकार्य अभ्यास-२०७९ इन्द्रवक्स गण, सुर्य विनायकमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको अध्यक्षता कार्यक्रम सञ्चालन भएको थियो।भने विशेष अतिथि नं १ बाहिनीपति स.र विष्णु कुमार खड्का ,जिल्लामा तैनात इन्द्रवक्स गणका गणपति श्याम राजा विक्रम थापा,जिल्ला प्रहरी परिसरका प्रनाउ राजु पाण्डे,नं २२ गणपति स-सस्त्र प्रहरी बल नेपालका सप्रउ नर बहादुर राउत,भक्तपुर अस्पतालका मे.सु डा.सुमित्रा गौतम ,जुद्द वारुण यन्त्रका का.मु बिजय प्रसाद धौभडेल, नेपाल रेडक्रस सोसाईटीका सभापति मनोज थापा र आर.एन.ए १६ को उपस्थिति थियो।

