• TOKHA LIVE

    • १ कार्तिक २०७९, मंगलवार १४:४६

    बुढानिलकण्ठ भगवानको आशिर्वाद लिदै डा. राजन भट्टराई

    टोखा लाइभ । काठमाण्डौ ,२०७९ कार्तिक १।

    बुढानिलकण्ठ भगवानको आशिर्वाद लिदै  काठमाण्डौ क्षेत्र नं ४ को शिर बुढानिलकण्ठ नगरपालिका वडा नं १ बाट नेकपा एमालेका उम्मेदवारहरुले जनता साक्षात्कार अभियान सुरु  गरेका छन।

    काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडा मध्ये उत्तरी सिमानामा रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं १ का जनताहरु संग प्रत्यक्ष साक्षात्कार सुरु गरेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य पदका उम्मेदवार जयराम थापाले अभियानको सुरुवात बुढानिलकण्ठ दर्शन गर्दै बटुक र पण्डितबाट टिका ग्रहण गरेर गरेका थिए।

    नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ (२ )  का संयोजक जिल्ला कमिटी सदस्य राजन पोखरेलको संक्षिप्त सम्बोधन पश्चात सुरु भएको सो कर्यक्रममा अन्तर्गत नेकपा एमालेका उम्मेदवारहरुले वडा नं १ का विभिन्न टोलका जनताहरु संग अन्तरक्रिया तथा भेटघाट गरेका थिए।

    सो जनता साक्षात्कार अभियानको सुरुवातमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ (२ ) सह संयोजक शिला लामा ,सचिव गोविन्द कटवालल ,नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रदिप डंगोल सहित विभिन्न कमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै