• TOKHA LIVE

    • १ कार्तिक २०७९, मंगलवार १३:३०

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला सेपाकताक्रो टिमले दिलाइन नेपाल आर्मीलाई स्वर्ण पदक

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    कार्तिक १,२०७९

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला सेपाकताक्रो टिमले  नेपाल आर्मीलाई स्वर्ण पदक दिलाएका छन् ।
    पूर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा विभागिय टोली नेपाल आर्मीले थप एक वटा स्वर्ण पदक हात पार्न सफल भएको छ।

    सेपाकताक्रोको रेगु विधामा विभागिय टोली नेपाल आर्मीले गण्डकी प्रदेशको महिला टिमलाई २–० को सोझो सेटमा हराउदै स्वर्ण हात पारेको हो।आर्मीका लागी चन्दा चौधरी, सुमित्रा डंगोल, इनु चौधरी, सोममाया थापा मगर र स्वस्तिका श्रेष्ठको टोलीले स्वर्ण दिलाएका छन्। आर्मीले स्वर्ण पदक जित्दा गण्डकीले रजतमा चित्त बुझाउनु परेको थियो। भने रेगु महिला तर्फको कास्य पदक सुदुर पश्चिमलाई २–० को सोझो सेटमा हराउदै वाग्मतीले हात पारेको हो। वाग्मतीका लागी उषा महर्जन, रुथकुमारी श्रेष्ठ, कमला दर्जी, लाक्पा जाङमु शेर्पा रनेहा श्रेष्ठको टोलीले कास्य दिलाए।

    रेगुको पुरुष तर्फको फाईनल प्रतिस्पर्धा बुधबार गराईने भएका छन्। रेगु पुरुष तर्फको फाईनलमा स्वर्णका लागी विभागिय टोली नेपाल आर्मी र गण्डकी बीच प्रतिस्पर्धा हुने । रेगु पुरुष तर्फको कास्य पदक लुम्बिनी प्रदेशलाई २–०को सोझो सेटमा हराउदै प्रदेश नं १ ले जितेको थियो। मंगलबार सेपाकताक्रोको क्रवाड विधा अन्तर्गतको पुरुष र महिलाको पदकको छिनोफानो हुने सेपाकताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्रबहादुर गुरुङ्गले जानकारी दिए। आईतबार सम्पन्न महिला र पुरुषको डबल तर्फ विभागिय टोली नेपाल आर्मीले दुई स्वर्ण जितिसकेका थिए। साथै महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका गरी कुल ९८ खेलाडीले भाग लिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै