टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
कार्तिक १,२०७९
यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११:३७ बजे रहेको छ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यसपटकको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा भएको जानकारी दिईएको छ।
भने नेपालका लागि यो समय उपर्युक्त रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाए। भारत, जापान, अष्ट्रेलिया, बेलायत, अमेरिका लगायतका देशमा भने फरक-फरक समयमा भाइटीकाको उत्तम साइत रहेको पनि समितिले बताए। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ,र सो दिन आफ्नो अनुकूल समयमा टीका लगाउन सकिने पनि समितिले बताए। केही गरि बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नहुने पनि शास्त्रीय मान्यता रहेको जानकारी दिनुभयो।


