• TOKHA LIVE

    • १ कार्तिक २०७९, मंगलवार १३:००

    कृषि अनुदानमा चरम दुरुपयोग, सम्बन्धित निकाय मौन

    टाेखालाइभ डट कम/ कार्तिक १,२०७९

    कृषि अनुदानमा चरम दुरुपयोग सम्बन्धित निकाय मौन रहेको छ। संघिय सरकार र प्रादेशिक सरकारले गत आर्थिक वर्ष सम्म दिँदै आएको कृषि अनुदानमा चरम लापरवाही र दुरुपयोग भएको छ । प्रदेश नं १ को ईन्द्रावती चिया उद्योग, परिवर्तच कृषि फार्म लागायत बागमती प्रदेशको काभ्रे जिल्लामा रहेको हेवी कृषि फार्म, हिमालयन कृषि फर्म, जुम्लाको क्षितिज नर्सरी लगायत दर्जनौ फार्ममा सरकारको नगद रकम मन्त्रीकै मिलेमतोमा दुरुपयोग गरिएको सरोकारवालाको भनाई छ ।

    विभिन्न कृषि व्यवसायहरुको स्थलगत अनुगमन नगरी कागजी झुठो विवरण तयार गरी सम्बन्धित व्यवसायवाला र सरोकारवालाको मिलेमतोमा अनुदान रकम दुरुपयोग भएको हो । सरकारी रकमको चरम दुरुपयोग हुँदा समेत सम्बन्धित निकाय मौन रहँदा वास्तविक कृषक आक्रमक बनेका छन्।भने यसरी व्यवसायी र सम्बन्धित निकायका पदाधिकारीको लापरवाहीका कारण नेपालमा वास्तविक कृषकहरु पीडामा परेका छन्। यस किसिमको मिलेमतोमा वार्षिक करोडौ रुपैयाँ सरकारी रकमको दुरुपयोग हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा वास्तविक कृषकहरुले विभिन्न समस्या भोग्दै आएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै