• TOKHA LIVE

    • ३० आश्विन २०७९, आईतवार १२:५१

    सत्यमोहन जोशीको अन्त्येष्टी नगरी शरीर अध्ययनका लागि राखिने

    टोखा लाइभ । २०७९ असोज ३० गते

    काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएसँगै उनको अन्त्येष्टी प्रक्रियाबारे तयारी थालिएको छ ।

    उनले आफ्नो शरीर दान गरिसकेका छन् । सोहीकारण कसरी अन्त्येष्टि गर्ने भन्ने बारे किष्ट अस्पतालमा ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच तयारी बारे छलफल भइरहेको छ ।

    उनले मृत्युपछि आफ्नो शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णय गरेका थिए । अस्पतालले उनको निशुल्क उपचार गरिरहेको थियो । शताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका हुन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै