टोखा लाइभ । ३० असोज २०७९
काठमाडौं। सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको हाे।
ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्रोतले जनाएको छ।
जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए। जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो।

