• TOKHA LIVE

    • ३० आश्विन २०७९, आईतवार ०८:१४

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

    टाेखालाइभ डट कम/ असोज ३०,२०७९

    काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।

    २४ दिन अघि अस्पतालमा भर्ना भएका जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो ।
    स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ ।

    उनमा रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै