टाेखालाइभ डट कम/ असोज २९
काठमाडौंः वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । विगत १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको किष्ट अस्पतालले जनाएको छ ।
किष्ट अस्पतालले आज एक विज्ञप्ति जारी गरी जोशीलाई स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको हो । ‘हिजोको तुलनामा उहाँको स्वास्थ्यमा खासै सुधार भएको छैन, स्वास्थ्य अवस्था स्थिर नै छ’, विज्ञप्तिमा भनिएको छ । परीक्षण गर्दा डेंगु संक्रमण, छातीमा निमोनियाको संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कमी भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि यही असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार शुरू गरिएको थियो ।


