• TOKHA LIVE

    • २९ आश्विन २०७९, शनिबार ०९:४८

    एमालेले सार्वजनिक गर्‍यो प्रतिनिधि र प्रदेशसभाका आधिकारिक उम्मेदवार (सूचीसहित)

    टाेखालाइभ डट कम/ असोज २९,२०७९

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरुको आधिकारिक सूची सार्वजनिक गरेको छ ।

    एमालेले आज बिज्ञप्ती जारी गरी आधिकारिक प्रतिनिधिसभा र प्रदेशसभाको आधिकारिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो ।

    जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सीटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमती भएबमोजिम पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको एमालेले जनाएको छ ।

    आधिकारिक उम्मेदवारहरूको नामावली सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘निर्वाचनमा मतदाताले भावी नेतृत्व छान्न पाउनुपर्छ भन्ने मान्यतामा हाम्रो पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने पार्टीका बरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्षहरू, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।’

    एमालेका आधिकारिक उम्मेदवार कुन निर्वाचन क्षेत्रका को–को हुन् हेर्नुहोस् सूची:-

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै