• TOKHA LIVE

    • २८ आश्विन २०७९, शुक्रबार १६:३४

    लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

    टाेखालाइभ डट कम/असोज २८

    काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रीकेट टाेलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
    अदालतले २७ असोजदेखि लागुहुने गरि ३१ असोजसम्म म्याद थप गर्न अनुमति दिएको हो।लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रो पटक म्याद थप गरेको हो। लामिछानेलाई यस अघि २० असोजमादेखी विहिवार सम्मका लागि म्याद दिएको थियो ।
    अदालतका न्यायाधीश सुर्य बहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई बुझाउन र मुद्दा चाडै दायर गर्न निर्देशन दिएको स्रोतको भनाइ रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै