• TOKHA LIVE

    • २६ आश्विन २०७९, बुधबार १८:२४

    काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले पाए चुनाव चिन्ह चप्पल 

    टाेखालाइभ डट कम/ असोज २६,२०७९

    काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल पाएका छन् ।

    निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार कँडेललाई चुनाव चिन्ह चप्पल दिएको हो । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई बुघबार चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन ३९ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो।

    आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायि तथा सामाजिक अभियन्ता विजय कँडेललाई चप्पल चुनाव चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो।

    निर्वाचन आयोगले बुधबार साँझ कँडेललाई चप्पल चुनाव चिन्ह दिएको हो। उनी चुनाव चिन्ह लिन टोखा नगरपालिकाको वडा नम्बर ५ मा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै