टाेखालाइभ डट कम/असोज २६,२०७९
काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा कृष्ण नेपालले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिई एमालेका उम्मेदवार दिपक निरौलालाई समर्थन गरेको छ।
काठमाडौं क्षेत्र नम्बर ५ (२) बाट स्वतन्त्र उम्मेदवार बनेका नेपालले आफ्नो उम्मेदवारी फिर्ता दिएका हुन् ।
मंगलबार बसुन्धारा एटि पार्टी प्यालेसमा नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ (२) बाट स्वतन्त्र उम्मेदवार बनेका नेपालले आफ्नो उम्मेदवारी फिर्ता मात्र नभएर एमालेका उम्मेदवार दिपक निरौलालाई समर्थन जनाएकाे थियो।

मंगलबार काठमाडौंमा नेकपा एमाले काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा उनले आफ्नो उम्मेदवारी फिर्ता मात्र नभएर एमालेका उम्मेदवार दिपक निरौलालाई समर्थन जनाउदै सोही क्षेत्रमा एमालेबाट निर्वाचित निरौलाले गरेको विकास निर्माण लगायतका कामप्रती प्रभावित भएर आफुले उनलाई समर्थन रहेको उम्मेदवार कृष्ण नेपालले बताए।
युवा नेता नेपालले काठमाडौंमा दिपकले मात्र नभएर देश भरमा एमालेले गरेका कामको प्रसंशा समेत गरेकाे छ।

