टाेखालाइभ डट कम/ असोज २६
काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलको निर्वाचन क्षेत्र नं.५ मा ५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
मंगलबार नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीद्वारा बसुन्धारास्थित यति पार्टी प्यालेसमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममार्फत कमिटी गठन गरिएको हो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ति अधिकारीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले जनाएको छ ।
कमिटीको सह–संयोजकमा रतन गुरुङ, समीर नेपाल र हरिप्रसाद अधिकारी छन् । त्यस्तै सचिवमा ध्रुव थपलिया र ध्रुवराज पाण्डे रहेका छन् ।

उक्त अवसरमा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताएका छन् ।



