• TOKHA LIVE

      TOKHA LIVE

    • २६ आश्विन २०७९, बुधबार ०५:३६

    प्रधानमन्त्रीविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायमै

    टोखा लाइभ ।२०७९ असोज २६ गते

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहेको छ । उनको उम्मेदवारीविरूद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जनाएका छन् । उम्मेदवारविरूद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गर्दा उम्मेदवारविरूद्ध रेको उजुरी भने कानुनसम्मत नदेखिएको उनको भनाई छ ।

    एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै