टाेखालाइभ डट कम/नविना श्रेष्ठ
असोज २४,२०७९
काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल लगायत विभिन्न नेताहरुको उम्मेदवारी दर्ता गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारी दर्ता गराएको थियो। लोकतन्त्रको उच्चतम अभ्यास निर्वाचन प्रयोजनको लागी उम्मेदवारी दर्ता देशव्यापी रूपमा उत्सव जस्तै बनेको थियो ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्य ‘ ख’ मा क्षेत्रीय सभापति श्याम बहादुर खड्का, प्रदेश ‘क’ मा भैरव सापकोटा पूर्व प्रदेश सभापति प्र.क रहेको थियो। भने बागमती प्रदेश आदिवासी जनजाति तर्फबाट समानुपातिकमा तारा लामा सीफारिस हुनुभएको छ।
पार्टीले गठबन्धन संगै आफूलाई बिश्वास गरेर यो स्थान दिइएकोमा आफूले पार्टी र जनताको सिर उच्च राख्ने काम गर्ने प्रतिबद्धता जनाए। आफ्नो मुख्य एजेन्डा भनेको शुसासन हो , उनले त्यसमा आफु अडिग भएर लाग्ने बताए।

