• TOKHA LIVE

    • २४ आश्विन २०७९, सोमबार ०७:४६

    प्रेम सुवालद्वारा भक्तपुर १ मा उम्मेदवारी दर्ता

    टाेखालाइभ डट कम/ असोज २४,२०७९

    भक्तपुर / नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ ।

    यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदबारी दर्ता गराएका छन् । सुवालको यो चौथौ पटकको उम्मेदवारी हो । प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ (ख) (भक्तपुर) मा सुरेन्द्रराज गोसाई रहेका छन् ।

    पार्टी अध्यक्ष नारायणमान विजुक्छेंपछि उनी यो क्षेत्रबाट निरन्तर विजयी हासिल गर्दै आएका छन् । यसअघिसम्म उनले यो क्षेत्रबाट तीन पटक विजयी हासिल गरेका छन् ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै