• TOKHA LIVE

    • २३ आश्विन २०७९, आईतवार २२:०६

    विजय कँडेलले दिए काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी

    टाेखालाइभ डट कम/ असोज २३,२०७९

    काठमाडौं : युवा व्यवसायी तथा समाजसेवी जाग्यो नेपालका संयोजक विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी मनोनयन गराएका छन्।
    स्वतन्त्र उठ्ने घोषणा गरेका कँडेलले समर्थकसहित आइतवार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

    स्वतन्त्र उम्मेदवार कँडेलको चुनावी प्रतिस्पर्धा अब कांग्रेसका उम्मेदवार प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल तथा स्वतन्त्र उम्मेदवारी दिएकी पूर्व विवेकशील साझा नेतृ रञ्जु दर्शना लगायतबीच हुनेछ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै