टाेखालाइभ डट कम/ असोज २३,२०७९
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरेको छ ।भने बिभिन्न पार्टीका शीर्षनेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।
नेता पोखरेलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो। भने नेता पोखरेलसँगै ५ (१) मा प्रदेशसभा सदस्यका लागि नारायण सिलवाल र ५ (२) मा दिपक निरौलाले उम्मेदवारी दर्ता गरेको थियो।
उम्मेदवारी दर्ता गर्नु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेलले मंसिर ४ गते हुने निर्वाचनमा आफुसहित एमालेका उम्मेदवारहरु विजयी हुनेमा विश्वास व्यक्त गरे।
आगामी मंसिर ४ गते सम्पन्न हुने संघीय तथा प्रदेश सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि पार्टीको वरिष्ठ उपाध्यक्ष क.ईश्वर पाेखरेल तथा प्रदेश सभा सदस्य ५(क) बाट पार्टी केन्द्रीय सदस्य तथा काठमाण्डौ सह इन्चार्ज क.नारायण सिल्वाल र प्रदेश सभा सदस्य ५(ख) बाट काठमाडौं जिल्ला कमिटी पार्टी अध्यक्ष क.दिपक निरौलाले उम्मेदवारी मनोनयन दर्ता गरेको हो।

