टाेखालाइभ डट कम/ असोज २३
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।
शनिबार राति पार्टीको बैठकले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।

