• TOKHA LIVE

    • २३ आश्विन २०७९, आईतवार ०७:५१

    एमाले र जसपाबीच सहमति, प्रतिनिधिसभामा एमालेलाई ३५ सिट र जसपालाई १७ सिट

    टाेखालाइभ डट कम/ असोज २३,२०७९

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ ।सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । त्यस्तै, प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।

    मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो।

    यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै