• TOKHA LIVE

    • १८ आश्विन २०७९, मंगलवार १८:४३

    समाजसेवी देवराजलाई सोसल वर्कर अवार्ड बाट सम्मानित

    मंगलवार । आश्विन १८, २०७९

    टोखा लाइभ ।टोखा नगरपालिका वडा नं २ का समाजसेवी तथा सामाजिक अभियन्ता देवराज डंगोलले सोसल वर्कर अवार्ड प्राप्त गरेका छन् । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ अन्तर्गत समाजसेवी देवराजले सोसल वर्करको अवार्ड प्राप्त गरेका हुन् ।

    सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर शुक्रबार दुबईमा कार्यक्रम गर्दै ३४ जनालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ वितरण गरेको छ । त्यसमध्ये टोखा निवासी देवराज डंगोलले उक्त अवार्ड पाएका हुन् ।

    सामाजिक, राजनैतिक, साँस्कृतिक, र व्यवसायिक क्षेत्रमा सफल देवराज डंगोल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष वन्तले बताए ।

    समाजसेवी देवकाज डंगोल टोखाका लागि केही गर्नुपर्छ भनेर उनी निरन्तर लागि रहेका छन्। । उपत्यका विकास प्राधिकरण र पुरातत्व विभागबाट धेरै बजेट ल्याएर टोखामा विकास गरेका छन् देवराजले । उनको शैक्षिक , स्वास्थ्य चौकी व्यवस्थापन, एम्बुलेन्स ल्याउने कुरामा ठुलो योगदान छ । यहांको समाज परिवर्तन गर्न देवराजले धेरै भूमिका खेलेको जानकारहरू बताउंछन्।

    एसियन मुलका सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले टोखा लाइभलाई बताए ।

    सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै