टाेखालाइभ डट कम/असोज ११, २०७९
फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा आज हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ।
नेपाली टिमको कार्यवाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाईँले पाएका छन्। यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन्। दुबैले बंगलादेशविरुद्द जित निकाल्ने खेल्ने बताएका छन्। गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो।
नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ। जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ।






